
एउटैआमाको छोरा तिन जना नेपाल प्रहरीमा सेवा गर्दै” खुसीको खवर । अछामको विकट रामारोशन गाउँपालिकाबाट उब्जिएको एउटा असाधारण परिवारको कथा आज देशभर प्रेरणाको स्रोत बनेको छ ।शिक्षण पेशामा जीवन बिताएका देवानन्द न्यौपाने र गृहिणी पारु न्यौपानेका कोखबाट जन्मिएका तीन दाजुभाइ नेपाल प्रहरीको अफिसर बनेका छन् । तीनैजना आ-आफ्नै कमाण्डमा कुशलतापूर्वक सेवा गरिरहेका छन् ।देवानन्द, रामारोशन गाउँपालिका–४ का स्थायी बासिन्दा, हालै मात्र ४४ वर्षे शिक्षण यात्रामा पूर्णविराम लगाउँदै अवकाशमा बसेका छन् । तर उनका तीन छोरा नेपाल प्रहरीको अधिकृतमा छन् ।
सामान्य परिवारको घरमा हुर्किए—सिद्धराज, केशर र मुकेश । ती तीन दाजुभाइ आज नेपाल प्रहरीका अफिसर बनेका छन् ।
तिनै जना नेपाल प्रहरीको संगठनमा इञ्चार्जका रूपमा जिम्मेवारी पुरा गर्दै आएका छन् ।