Monday, June 30, 2025

चैते धानको उत्पादन बारामा वृद्धि चैते धानको रोपाइँ गर्दै स्थानीय महिला:-

ताजा / भरखरै प्राप्त

बारामा अन्य धानको तुलनामा चैते धानको उत्पादन बढी हुन थालेपछि चैते धानको क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । गत वर्षको तुलनामा यस वर्ष बारा जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा वृद्धि भई १८ हजार क्षेत्रफलमा चैते धान रोपाइँ भएको जनाइएको छ । गत वर्ष १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको कृषि ज्ञान केन्द्र कलैयाका कार्यालय प्रमुख राजनारायण प्रसाद साहले बताउनुभएका छन् । जिल्लाका दक्षिणी र पूर्वी भेगमा अहिले पनि चैते धान रोपाइँ गर्ने कृषकहरू भ्याइनभ्याई भएको उहाँले बताउनुभएको छ । भदैया र अगहनी धान भन्दा चैते धानको उत्पादन बढी हुने भएको बाराका कृषकहरू चैते धान खेती तर्फ बढी आकर्षित भएका छन् । प्रत्येक वर्ष चैते धानको क्षेत्रफलमा वृद्धि हुँदै आएको ज्ञान केन्द्रका सूचना अधिकारी एवम् अर्थ विज्ञ गणेश महराले जानकारी दिनुभएका छन् । आकाशे पानी नपरेता पनि कृषकहरूले कुलो भूमिगत सिँचाइ मोटर दमकलबाट पानी निकाल्दै चैते धानको रोपाइँ गर्ने गरेका छन् । स्थानीय पालिकाहरू र ज्ञान केन्द्रले वार्षिक रूपमा खेती गर्नका लागि समयसमयमा विभिन्न किसिमका अनुदान दिनुका साथै सिँचाइ उपकरणहरू पनि उपलब्ध गराउँदै आएका छन् । यसैगरी स्थानीय पालिकाले सिँचाइको लागि खेतखेतमा विद्युतीकरणपछि चैते धानको क्षेत्रफलमा वृद्धि भएको महराले बताको हो। गत वर्ष यहाँका कृषकहरूले १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरी प्रति हेक्टर ५ मेट्रिकटनले कुल ८० हजार मेट्रिकटन चैते धान उत्पादन गरेको उहाँले जानकारि दिएका छन् । यस्तै, चालु–आर्थिक वर्ष ०८१-८२ मा बारा जिल्लामा करिब पौने एघार (११) अर्ब बराबरको २ लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको बताएका छन् । जिल्लाका विभिन्न भेगमा गरी ६२ हजार २० हेक्टर क्षेत्रफलमा चैते, भदैया र अग्हनी धान खेती भएको बताइन्छ । यस वर्ष भने जिल्ला समन्वय समितिको बैठकले ४० रुपियाँ प्रतिकिलो धानको मूल्य निर्धारण गरेकोमा सोही मूल्य अनुसार यसवर्ष बारामा १० अर्ब ८४ करोड २४ लाख ८० हजार बराबरको धान उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न भेगमा ३४१२० हेक्टर क्षेत्रफलमा अग्हनी धान खेती हुँदा एक लाख ३९ हजार ८९२ मेट्रिकटन धान उत्पादन भएको छ, भने ११९०० हेक्टर क्षेत्रफलमा भदैया धान खेती हुँदा ५१ हजार १७० मेट्रिकटन उत्पादन भएको र १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदा ८० हजार मेट्रिकटन धान उत्पादन भएको केन्द्रका सूचना अधिकारी एवम् अर्थ विज्ञ महराले जानकारी दिनुभएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles