
कब्रीस्तानको संरचना निर्माणका लागि करिब २५ लाख रुपैयाँको बजेट पर्यटन कार्यालयमार्फत विनियोजन गरिएको जनाइएको छ। युवा नेता शेख नसिमले बजेटबारे जानकारी दिएका थिए। परियोजना कार्यान्वयनको जिम्मेवारी उपभोक्ता समितिलाई दिइएको छ भने समितिको नेतृत्व मन्सारुल देवानले गरिरहेका छन्। शिलान्यास कार्यक्रमको प्रमुख अतिथि इन्चार्ज आलमले सम्बोधन गर्दै राजपुर–४ का जनताको दीर्घकालीन माग तथा समस्याहरूलाई ध्यानमा राख्दै कब्रीस्तानको संरचना निर्माण कार्य थालिएको बताए । उनले कब्रीस्तानलाई व्यवस्थित तथा सुरक्षित बनाउन कम्पाउण्डवालको निर्माण आवश्यक भएको उल्लेख गरे । स्थानीय बासिन्दाहरूले कब्रीस्तान कम्पाउण्डवाल निर्माण कार्य सुरु भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथिलाई धन्यवाद दिएका छन् । शिलान्यास कार्यक्रममा जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसैद, राजपुर नगरपालिकाका पूर्व नगरप्रमुख शेख सकिल अख्तर, समाजसेवी बसिर खान, शेख सहुप, उपमेयर पदकी उम्मेदवार शेख सहिना, मो. रहमतुल्लाह , मनसारूल हक लगायत उपभोक्ता समिति सदस्यहरू, पार्टी कार्यकर्ता, स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो।