भाटभटेनी सुपरमार्केटबाट दुई लाख १७ हजारमूल्य बराबरका विभिन्न सामान चोरी गरेर फरार भएका पक्राउ परेका छन् । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट हिजो (सोमबार) विभिन्न सरसामान चोरी भएको थियो । सामान चोरेर फरार रहेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय बिमल श्रेष्ठलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।