Sunday, June 29, 2025

भारत-पाक तनाव बढेपछि अन्तर्राष्ट्रियविमानस्थलसहित सीमा नाकामा सुरक्षा बढाउने सरकारको निर्णय:-

ताजा / भरखरै प्राप्त

भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री केपी ओलीले सुरक्षा परिषद्को बैठक राखेर सशस्त्र प्रहरीलाई सीमा नाकाको आवतजावतमा कडाइ गर्ने जिम्मा दिएका छन् । सबै युनिटहरुलाई हाइ अलर्टमा राखिएको गृह मन्त्रालयले जनाएको छ । पहलगाम आतंकवादी हमलापछि कतिपय संदिग्ध व्यक्ति नेपाल भित्रिन नदिन भारतले समेत नेपालको सुरक्षा निकायलाई सहयोगको आग्रह गरेको बताइएको छ । सिंहदरवारमा सुरक्षा परिषद्को बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, मुख्य सचिव एकनारायण अर्याल, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा सहभागी थिए । भारतले आजै पाकिस्तानमाथी आक्रमण गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles