जिल्ला प्रहरी कार्यालय पर्साले पाेखरिया नगरपालिकाका पूर्व प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवसहित दुई जनालाई ज्यान मार्ने उद्योग अन्तर्गत पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बहुदरमाइ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय कुमार श्रीवास्तवसँगै विन्दवासिनी गाउँपालिका ईटियाही टोलका अजित कुमार चौरसिया रहेका छन् । पर्साका पत्रकार रञ्जीत चौरसियाले पाेखरिया नगरपालिकामा ५ सय ८४ जना कर्मचारीकाे विरूद्धमा लेखेको समाचारका विषयमा २०८० सालको चैत महिनामा श्रीवास्तवले गाली बेइज्जतीको मुद्दा दर्ता गराएका थिए ।त्यसको केहि महिनामा प्रशासकिय अधिकृत श्रीवास्तव सहित पत्रकार चौरसिया विरुद्ध ५ जनाले जिल्ला अदालत पर्सामा विद्युतिय अपराधको मुद्दा दर्ता गराएका थिए । दुइवटै मुद्दा अदालतमा विचाराधीन रहँदा २०८१ साल वैशाख ३१ गते पत्रकार चौरसियाका बुबा सुबास प्रसाद चौरसियामाथि उनिहरूले आक्रमण गरेको थियो । उनका बुवा सुबास प्रसाद चौरसियालाई प्रशासकिय अधिकृत र अजित चौरसिया लगायतकाले आक्रमण गरी कुटपिट गर्दै छुरा प्रहार गरको पिडिले जनाएकाे छ । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय पर्सामा पटक पटक अनुनय विनय गर्दापनी कुनै पनि उजुरी नलिएपछि त्यसको विरोधमा पिडितले उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगंजमा परमादेशका लागि निवेदन दिएका थिए । उच्च अदालतले चैतको पहिलो साता प्रहरीलाई मुद्दा दर्ता गरी अनुसन्धान गर्न परमादेश दिएको थियो । उच्च अदालतकाे आदेशअनुसार अनुसन्धान अघि बढाउँदा जिल्ला प्रहरी कार्यालय पर्साले ज्यान मुद्दामा संलग्न भनिएका प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तव र अजित चौरसियालाई पक्राउ गरेको हो उनीहरूविरुद्ध पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गाैतम मिश्रले बताए।पत्रकार रञ्जीत चौरसियाले सार्वजनिक निकायको दुरुपयोग, आर्थिक अपचलन र आन्तरिक अनियमितता सम्बन्धी समाचार लेखेपछि श्रीवास्तवले व्यक्तिगत रिसइबीका आधारमा झुट्टा मुद्दा दायर गर्दै उनी र उनको परिवारलाई सताउने काम गरेको छ । अहिले पक्राउ परेका उनिहरु विरुद्ध ज्यान मार्ने उद्योग दर्ता गराई प्रहरीले सम्मानित जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । यता पक्राउ परेका प्रशासकीय अधिकृत श्रीवास्तव २०८२ वैशाख ७ गते स्वास्थ्य शाखाका प्रमुखको रूपमा बहुदरमाइ नगरपालिकामा हाजिर भइ निम्त प्रमुख प्रशासकीय अधिकृतका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धाइरहेका थिए ।