Sunday, June 29, 2025

धनुषाको जनकपुधाममा ठगी गर्नेहरु प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको विभिन्न ठाउमा अनलाइनको दुरुपयोग गरी २ करोड ६३ लाख ९ हजार ३१२ रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका-१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा-७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका-१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ वर्षीय सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका-२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा रहेका छन्।

उनीहरूले सस्तो दरमा समान दिने भनेर अनलाइन ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनीहरूले अग्रिम भुक्तानी लिएर सम्पर्क विहीन हुने गरेका थिए । हाल सम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए । उनीहरु माथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles