भारतको उत्तरकाशीबाट गंगोत्री धाम यात्राका लागि उडेको एक हेलीकप्टर गंगनानी नामक स्थानको जंगलमा आज दुर्घटनाग्रस्त भएको बताइएको छ । हेलीकप्टरमा चालकसहित कुल ७ जना सवार रहेको थिए । दुर्घटनामा ६ जनाको मृत्यु पुष्टि भएको छ, भने १ जना यात्रु गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि अस्पताल पुर्याइएको बताइएको छ । दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ । तस्बिर समाजिक संजाल बाट ।