Sunday, June 29, 2025

मकवानपुर प्रहरीद्वारा नक्कली नोटसहित एक जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

मकवानपुर प्रहरीले हेटौँडाबाट नेपाली रुपैयाँ ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर २ घर भई हाल हेटौँडा–८ बसोबास गर्दै आएका ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन् । गए राति बिहान सवा एक बजेको समयमा पूर्व–पश्चिम लोकमार्गस्थित रातोमाटेमा पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता (डीएसपी) श्यामु अर्यालले जानकारी बताएका छन् । उनका अनुसार बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा‍. ३३ प ९९८३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा अधिकारीलाई उक्त परिमाणको नक्कली नोटसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरी चौकी रातोमाटेमा खटिएको प्रहरी टोलीले शङ्का लागेपछि उनको शरीर र झोला जाँच गर्दा झोलाभित्र लुकाएर राखिएको अवस्थामा ५०० दरका नक्कली नोट १८६ थान फेला परेको हो ।बरामद भएको नोटको कुल रकम ९३, हजार रुपैयाँ बराबर रहेको प्रहरी चाैकी रातो माटोले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles