डोल्पामा हाजिर भएको नौ दिनमै डीएसपी केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् ।
स्रोतका अनुसार उनले प्रहरी नायब निरीक्षक (सई) माथि हातपात गरेको आरोप छ । उनी यही वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका थिए ।तर उनले हाजिर भएको आठ दिनमै मुद्दा फाँटमा पाँच वर्षदेखि कार्यरत सईलाई कुटपिट गरेको बताइएको छ । हेडक्वार्टरले घटना थाहा पाएको भोलिपल्टै उनलाई तानेको बताइएको छ ।