
नयाँ नयाँदिल्लीमा रहेको नेपाल राजदूतावासले जारी गरेको सुचना पत्र-भारतको जम्मू-कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्ली बाट अनुरोध गरेका छन । साथै, कुनै आपतकालीन अवस्था आएमा यस राजदूतावासको आवश्यक समन्वय र सहजीकरणका लागि देहायको नंम्बरमा सम्पर्क गर्नुहुन सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिको बताइएको छ ।