धनुषाको जनकपुधाममा ठगी गर्नेहरु धनुषा प्रहरीद्वारा पक्राउ परेका छन् ।
मधेश प्रदेश खवर ।
धनुषा जिल्लाको विभिन्न ठाउमा अनलाइनको दुरुपयोग गरी २ करोड ६३ लाख ९ हजार ३१२ रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका-१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा-७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका-१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ वर्षीय सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका-२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा रहेका छन् । उनीहरूले सस्तो दरमा समान दिने भनेर अनलाइन ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनीहरूले अग्रिम भुक्तानी लिएर सम्पर्क विहीन हुने गरेका थिए । हाल सम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक (एसपी) रेग्मीले बताएका छन् । उनीहरु माथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको धनुषाका प्रहरीले बताउँछन् ।