
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिइएको बताइएको छ । नेपालको सशस्त्र प्रहरी बल गोलागंज बाराले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालेक छन् । दुई मुलुकबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुन सक्ने अवैध घूसपैठ रोक्न बाराका बिऔपी गोलागंजले सतर्क भएको हो । सेमराैनगढ सीमामा निगरानी बढाइएको देखिएको छ ।