Saturday, June 28, 2025

डिआईजी चतुर्बेदीद्वारा महोत्तरी जिल्लाको निरीक्षण:-

ताजा / भरखरै प्राप्त

महोत्तरी-मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदी ज्यूले यस जिल्ला प्रहरी कार्यालय महोत्तरीको निरीक्षण गर्नु भयो ।
सोही क्रममा डिआईजी उमा चतुर्बेदीले उक्त कार्यालयको भवन, सम्पुर्ण शाखाहरु, क्वाटर गार्ड, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै मातहतका इन्चार्ज तथा लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई देश तथा नागरिकलाई शिरमा राखि असल आचरण, आपसी सद्भाव तथा सामुहिक भावनाका साथ उच्च व्यावसायिक निष्ठापुर्वक आफ्नो कर्तव्य निर्वाह गर्न, संगठनले निर्दिष्ट गरेको मिडिया नीति बिपरित सामाजिक सञ्जालको दुरूपयोग नगर्न, गैह्र व्यवसायिक आर्थिक लाभका क्रियाकलापहरु र प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन सचेत गराउनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles