Saturday, June 28, 2025

नेपाल बुद्धिजीवी परिषद् मधेश प्रदेशको दोस्रो अधिवेशन जलेश्वरमा सम्पन्न:-

ताजा / भरखरै प्राप्त

महोत्तरी, जलेश्वर – नेपाल बुद्धिजीवी परिषद् मधेश प्रदेशको दोस्रो अधिवेशन २०८२ साल बैशाख २७ गते शनिबार जलेश्वरमा सम्पन्न भएको छ। अधिवेशन परिषद्का वर्तमान अध्यक्ष शम्भु प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएकोबताइएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व रक्षामन्त्री ईश्वर पोखरेल रहेका थिए। त्यस्तै, परिषद्को केन्द्रीय अध्यक्ष डा. दिनेश चन्द्र देवकोटा, केन्द्रीय उपाध्यक्षहरू डा. बिधान आचार्य र डा. कमानन्द देव, केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज डा. अर्जुन कु सिंह, नेकपा (एमाले) महोत्तरी इन्चार्ज रामदयाल मण्डल, नेकपा (एमाले) मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, महोत्तरी अध्यक्ष, र धनुषा अध्यक्ष राजा किशोर यादव लगायत दर्जनौं नेता तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले आ-आफ्ना धारणा राख्दै अधिवेशनको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गरे। अधिवेशनमा मधेश प्रदेशका आठै जिल्लाबाट ठूलो संख्यामा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।
सो अवसरमा आगामी कार्यकालका लागि नेपाल बुद्धिजीवी परिषद् मधेश प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ । जसअनुसार अध्यक्षमा रास बिहारी यादव, उपाध्यक्षमा डा. अख्तर आलम अन्सारी, सचिवमा सुनिल कुमार झा, सह-सचिवमा महादेव राउत, कोषाध्यक्षमा धिरज साह चयन हुनुभएको छ। समितिमा अन्य सदस्यहरू सहित १७ सदस्यीय प्रदेश समिति गठन गरिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles