म कसैकाे साेर्स फोर्समा आएका हैन,पिडितलाई अन्याय हुन दिन्न:राैतहट जिल्लाका प्रहरी प्रमुख (एसपी) गिरीज्यू को भनाइ रहेको छ । राैतहटका नयाँ प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले आफू कुनै राजनीतिक या अन्य प्रभावकाे कारणले राैतहट आएकाे नभई नियमित प्रशासनिक प्रक्रियामार्फत आएकाे स्पष्ट पारेका छन्। जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित एक परिचयात्मक कार्यक्रममा उनले भने, “म कसैकाे साेर्समा आएकाे हैन । यदि राैतहट आएकाे हुने भएन भने म महोत्तरी वा सर्लाही जान्थेँ।”
पत्रकारहरूकाे जिज्ञासामा जवाफ दिंदै एसपी गिरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र नागरिकलाई न्याय दिलाउन आफु प्रतिवद्ध रहेकाे बताएका छन् । उनले भने, “पिडितलाई अन्याय हुन दिन्न। कसैलाई दुख दिने मेरो उदेश्य छैन । निर्दोषलाई दुःख दिने काम नगराैँ।” राैतहट जिल्ला प्रहरी प्रमुखज्यूको भनाईं रहेको छ ।