Saturday, June 28, 2025

सशस्त्र प्रहरी पर्साद्वारा तस्करी समान बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी पर्साले तस्करीको कपडा मोटरसाइकलसहित बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ । सशस्त्र प्रहरी बल पर्साले ५,०१,४००, बराबरको सामान पर्साका बिरगंज भन्सारमा दाखिला गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याई पोखरिया तर्फ लैजादै गरेको भन्सार मुल्य रु. ५,०१,४००।- बराबरको कपडा सहित ना १८ प ८२ ७२ नम्बरको मोटरसाईकल अटो, मोबाइलसहित सशस्त्र प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ गरिएको स्थान जिल्ला पर्सा बिन्दावासिनी गा.पा.-१ गर्दौलबाट पर्सा अलाैका सशस्त्र प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि पर्साका बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)देबेन्द्र बहादुर सिहले जानकारी दिनुभएको छ ।

सीमा सुरक्षा गुल्म अलौले तस्करीको कडा पाँच लाखभन्दा बढी मूल्य बराबरको अवैध सामानसहित एक मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बल पर्साका अनुसार, आज,बैशाख ३० गते डिएसपी कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइएको मालसामान नियन्त्रणमा लिएको बताइएको छ ।
सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देवेन्द्र बहादुर सिंहका अनुसार बरामद गरिएको कपडा र मोटरसाइकल आवश्यक कारबाहीका लागि पर्साका वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले बताएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles