जिल्ला प्रहरी परिसर भक्तपुरअन्तर्गत प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले ट्रकसहित करिब ७२ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको जानकारी सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) ढुण्डीराज नेउपानेले दिएका छन्। बरामद गरिएका सामानहरूमा निम्न सामाग्रीहरू रहेका छन् ।
१. कुर्ता सुरुवाल – ३८८७ थान
२. पाइन्टको कपडा – ३२ रोल
३. सर्ट – ३५६ पिस
४. सर्टको कपडा – २८० रोल
५. ब्लाउज – १८७५ पिस
६. पर्दाको कपडा – ९९ रोल
७. साडी – १५९ पिस
८. धाराको पार्टपुर्जा – ३९८ पिस
उक्त सामानसहित ट्रक नियन्त्रणमा लिई चालक दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–२ निवासी ४७ वर्षीय लक्ष्मण थामीलाई पक्राउ गरिएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तस्करीको समान पर्सा जिल्लाको बिरगंजका एक कुख्यात तस्करको रहेको काठमाडौंका प्रहरीले बताउँछन् ।
भन्सार छली गरी कपडा र धाराको पार्टपुर्जा ओसारपसार गरिरहेको ट्रक भक्तपुरको जगातीबाट प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । साँगाबाट काठमाडौंतर्फ आइरहेको बा. ४ ख. ७६० नम्बरको ट्रक चेकजाँच गर्दा परालको भुसमुनि लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा कपडा र धाराको पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले उक्त ट्रकमा करिब ७२ लाख रुपैयाँ बराबरको चोरी पैठारी गरिएका सामग्री फेला पारेको प्रहरीले जनाएको छ ।