
सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान रहेको प्रहरी प्रमुख (डिआईजी) राजेन्द्र भट्टज्यू को भनाइ रहेको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय रुपन्देही, बुटवलको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा डिआईजी भट्टले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार गरी कार्य गर्न निर्देशन दिनुभएको छ । अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान हुने हुँदा अनैतिक र आचरण बिपरीत कार्य नगर्न र त्यस्तो आचरण बिपरित कार्य गर्नेलाई क्षम्य नहुने प्रदेश प्रहरी प्रमुख भट्टले बताउनु भएका छन् ।साथै सवारी दुर्घटना न्युनिकरण गर्न आवश्यक चेक प्वाईन्ट राख्ने तथा सवारी चालक, पैदल यात्रीहरुलाई ट्राफिक प्रशिक्षण दिई सवारी दुर्घटना न्युनिकरण गरी जन धनको क्षेति नहुने गरी ट्राफिक ब्यवस्थापन मिलाउन समेत वहाँले निर्देशन दिनु भएको छ ।