
२०८२/१/३१/ गते ११;३० बजेको समयमा जिल्ला रौतहट देवाही गोनाही नगरपालिका वडा नं.५ नारायणचोक देखि २०० सय मिटर उत्तर तर्फ कटहरीया जाने बाटोमा चपुरबाट कटहरीया हुदै सिम्रौनगढ तर्फ जादै गरेको बा २ झ ४३५४ नं.को सिम्रौनगढ नगरपालिकाको मेयर चढने सरकारी नम्बर प्लेटको महेन्द्र कम्पनीको स्कारपियो गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको छ गाडी पुर्ण रुपमा क्षती भएको, स्कारपियो र स्कारपियो चालक बारा सिम्रौनगढ नगरपालिका वडा नं.१ बैरिया बस्ने बर्ष ४० को मुस्तुफा आलमको अवस्था सामान्य रहेको,घटनास्थलमा इ.प्र.का.देवाही गोनाहीबाट प्र.स.नि.अर्जुन मण्डलको कमाण्डमा टोली खटी गई गाडीमा चालक मात्र सवार रहेको बताइएको छ, र गाडी चालक भने प्रहरीको नियन्त्रण रहेको छ, थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।