Wednesday, May 14, 2025

सशस्त्र प्रहरी पर्साद्वारा तस्करीको गहुँ र चामल बरामद:-

ताजा / भरखरै प्राप्त

तस्करीको गहुँ र चामल बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हे.कवा पर्सा र सशस्त्र प्रहरी प्र.सी.सु. गुल्म अलाैबाट खटिएको संयुक्त टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्यई खेतमा जामा गरि राखिएको आवस्थामा सशस्त्र प्रहरी पर्साले बरामद गरेको गहुँ १०६, बोरा र २८, बोरा चामल रहेको सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याई बिन्दवासिनी गाउपालिका वडा नम्बर चार स्थित अमरपट्टी नाकाबाट नियन्त्रणमा लिई कारवाहिका लागि पर्साका बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ । उक्त समानको मुल्य रु. २,३१,०२०, १०६ बोरा गहुँ र चामल २८ बोरा सशस्त्र प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ गरिएको स्थान जिल्ला पर्सा बिन्दावासिनी गा.पा. वडा न – ४ अमरपट्टिबाट पर्सा अलाैका सशस्त्र प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि पर्साका बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)देबेन्द्र बहादुर सिहले जानकारी दिनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles