Thursday, May 15, 2025

काभ्रेको बनेपामा आगलागी लाखौंलाखको क्षति:-

ताजा / भरखरै प्राप्त

काभ्रेको बनेपा नगरपालिका वडा नं ४ मा आज बिहीबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार बिहान करिब २:३० बजे रामेश्वर दाहालको दुई तले कच्ची घरमा विद्युत सर्ट भई आगलागी भएको बताइएको हो । इँटाको वाल र जस्ताको छानो भएको उक्त घरमा आगलागी भएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान २:३० बजेतिर आगो नियन्त्रणमा ल्याइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) मिन बहादुर घले जानकारी दिनुभएका छन् ।
घटनाबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति पुगेको भएको बताइएको छ । यद्यपि घटनामा मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीले जनाकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles