किन योग्य छन् एआईजीका लागि ?जनकपुरधाम, बैशाख ३१ गते: नेतृत्व गरेका सबै युनिटलाई सर्वोत्कृष्ट बनाउने अधिकारी को होला त ? सशस्त्र प्रहरी बलमा अहिले यही प्रश्न चर्चामा छ – जवाफ हो: डीआईजी गणेश ठाडा मगर।
सधैं काममा खरो, अनुशासनमा कडाभन्दा कडा र परिणाममा स्पष्ट — ठाडा मगरको काम गर्ने शैली नै फरक छ। मधेश प्रदेशको नम्बर २ छिन्नमस्ता बाहिनी र त्यसपछि बाग्मतीमा पनि उनी कमाण्डर हुँदा दुबै बाहिनी देशकै उत्कृष्ट घोषित भए। संयोग मात्र होइन, क्षमता, नेतृत्व र इमानदार समर्पणको परिणाम हो यो।
द्वन्द्वकालदेखि अग्रपंक्तिमा
माओवादी द्वन्द्वको कठिन समयमा ठाडा मगर दाङ, प्युठान, नुवाकोट, स्याङ्जा जस्ता संवेदनशील जिल्लामा खटिए। अपरेसनमा सक्रिय मात्र होइन, स्थानीयस्तरमा शान्ति कायम राख्न उनले खेलेको भूमिकाले एमाले र कांग्रेस दुवै नेताहरूका मन जितेको छ।
अन्तर्राष्ट्रिय तालिम, राष्ट्रिय प्रभाव
भारतबाट व्यवस्थापन तालिम, चीनबाट कमाण्ड स्टाफ कोर्स, इटालीबाट मानव अधिकार सम्बन्धी तालिम, संयुक्त राष्ट्रसंघको प्रशिक्षक र APF कमाण्ड तथा स्टाफ कलेजको प्रमुख — ठाडा मगरका तालिम र अनुभव आफैंमा इतिहास हुन्। उनले अहिले प्रतिस्पर्धामा रहेका अधिकृतहरूलाई नै तालिम दिएका छन्।
केही विवादहरू, तर प्रमाणहीन आरोपहरू
उनलाई सामाजिक सञ्जालमा टिप्पणीको आरोप छ — ट्रम्पदेखि पूर्वराजा ज्ञानेन्द्रसम्मका विषयमा। तर ती आरोप न त पुष्टि भएका छन्, न त कानुनी रुपमै पुगेका छन्। तस्करीसम्बन्धी आरोप पनि ठाडा मगरले स्पष्ट रूपमा अस्वीकार गरिसकेका छन्।
किन ठाडा मगर ?
- दुई फरक बाहिनीमा ‘सर्वोत्कृष्ट’ नेतृत्व
- द्वन्द्वकालदेखि लगातार अगुवाइ
- अपरेसन, प्रशासन र तालिममा दक्ष
- अन्तर्राष्ट्रिय स्तरको exposure
- संगठनभित्रै प्रतिस्पर्धीहरूलाई तालिम दिएका प्रशिक्षक
यही भएर आज धेरैको प्रश्न छ – सशस्त्र प्रहरी संगठनलाई सुधार गर्न, बलियो नेतृत्व दिन र पारदर्शी प्रशासन बनाउन ठाडा मगर जस्ता निडर, इमानदार र नतिजामूलक अफिसरभन्दा उपयुक्त को?
अब हेर्न बाँकी छ – के ठाडा मगरले एआईजीको मानपद पाउँछन्, कि संगठनले फेरि अर्को मौका गुमाउँछ ?
सभार।