Thursday, May 15, 2025

सहायक हवल्दारलाई सडकमा कुटपिट गर्ने इन्सपेक्टरको सरुवा:-

ताजा / भरखरै प्राप्त

सहायक हवल्दारलाई सडकमै कुटपिट गर्ने ट्राफिक प्रहरी प्रभाग, नागढुंगाका इन्सपेक्टर जितेन्द्र साहको सरुवा गरिएको छ । उनलाई जिम्मेवारीबाट हटाएर छानविन थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसएसपी शेखर खनालले बताएका छन् । इन्सपेक्टर साहले नागढुंगा चेकपोष्टमा एक सहायक हवल्दारलाई कुटपिट गरेका थिए। त्यससम्बन्धि भिडियो सामाजिक सञ्जालमा हिजो, बुधबार सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको बताइएको छ । सामान्य विवादमा इन्सपेक्टर साहले बाटोमा कुटपिट गरेको आरोप पनि लागिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles