
प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले नेपाल प्रहरी स्कुल धरानको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमण पश्चात बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया गर्नुका साथै सौहार्दपुर्ण वातावरणमा अध्यापन गराउन र विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि अनुरोध समेत गर्नु भएको छ ।