मर्निगवाक गर्न हिडेका दुईजना महिलाको मृत्यु भएको छ । अर्गाखाची बाट बुटवल जादै गरेको कारले (बसन्तपुर पन्थी टोलमा )ठक्कर दिदा दुई जना महिलाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बुद्धभुमी १ बसन्तपुरमा बस्ने बर्ष ६० की शान्ता खत्री र सोही ठाउ बस्ने अन्दाजी बर्ष ६० की तिल कुमारी रायमाझि रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक डीएसपि तथा सुचना अधिकारी मोहन मणी अधिकारीले जानकारी दिएका छन् ।