धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा कक्षा-१२ का विद्यार्थीहरूबीच झडप भएको बताइएको छ । झडपसँगै पार्कमा तोडफोड समेत भएको स्थानीयले बताउँछन् । पार्कले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष छुटमा सेवा दिने घोषणा गरेको थियो। उक्त अफरको फाइदा उठाउँदै एकैपटक ठूलो संख्यामा विद्यार्थीहरू पार्क पुगेका रहे छन् । भीड अत्यधिक भएपछि नुहाउने पालो तथा स्थानका विषयमा विवाद उत्पन्न भएको र त्यही विवादले झडपको उग्ररूप लिएको छ । झडपका क्रममा विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् । त्यसपछि अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा हाल प्रहरीको बाक्लो उपस्थिति रहेको बताइएको छ ।