Sunday, May 18, 2025

तोकिएको समय भन्दा बडी समयसम्म डान्स कार्यक्रमा प्रहरीद्वारा लाइन काटियो:-

ताजा / भरखरै प्राप्त

तोकिएको समयभन्दा ढिलासम्म महोत्सवमा डान्स सञ्चालन गरिएकोमा डीएसपीले काटिदिइन् माइकको लाइन । बारामा जारी जितपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो । प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बेचेका थिए ।

आयोजकले अटेरी गरेर शनिबार रातिसम्म महोत्सव सञ्चालन गरेपछि डीएसपी शुभद्रा वाइबा आफैं स्टेचमा पुगेर महोत्सवको सांस्कृतिक कार्यक्रम रोकिदिइन् ।भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेकै बेला डिएसपी वाइबाले स्टेजमा चढेर माइक नियन्त्रणमा लिइन् र माइकको लाइन पनि झिकिदिइन् ।अनुमति पाएको समयभन्दा धेरै पछि (रातिमा) टिकट बिक्री भइरहेकोले महोत्सवको कार्यक्रम रोकेको डीएसपी वाइबाले बताइन् ।आयोजकले भने एक घण्टा थप अनुमति मागेर साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन् । तर, ९ बजेपछि पनि टिकट बिक्री रोकिएको थिएन, जसले भिडभाड र झगडाको सम्भावना बढेपछछि डान्स संगीत कार्यक्रम रोकिएको हो प्रहरी नायव उपरीक्षक (डीएसपी) वाइबाले बताएकी छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles