

सशस्त्र प्रहरी बल पर्साले ठुलो मात्रामा अवैध लागु औषध बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित भगुवा नाकामा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलि पक्राउ गरेको छ । सशस्त्र प्रहरीलाई देख्नासाथ भारतबाट अवैध रुपमा २ जना व्यक्तिहरुले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको Tramol-50 mg (Tramadol Hydrochloride) ८१४९० ट्याब्लेटस् लागु औषध छाडी ल्याउने व्यक्तिहरु भारततर्फ नै भागी गएको हुँदा उक्त लागुऔषध बरामद गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको,सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तथा सशस्त्र प्रहरीका सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।