पाेखराबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटनामा परि १६ जना यात्रु घाइते भएका छन् ।
दुर्घटना आज बिहान तीव्र गतिमा रहेको बस अचानक अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको स्थानीय प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि दमौली अस्पताल तथा पोखरा रिफर गरिएको तनहुँका प्रहरीले जनाएको छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना, र स्थानीयबासी सक्रिय रूपमा जुटेका थिए। बस कुन कम्पनीको थियो र चालकको अवस्था कस्तो छ, भन्नेबारे थप विवरण आउन बाँकी रहेको छ ।