Tuesday, February 3, 2026

पर्सा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कक्षा १२ को परीक्षा दिएर बसेका युवाहरूलाई स्क्याम, गलत संगत र प्रविधिको दुरुपयोगबाट टाढा रहन आग्रह गर्नुभएका छन् ।

ताजा / भरखरै प्राप्त


वीरगञ्ज पब्लिक कलेजले आयोजना गरेको “नयाँ यात्राको शुभारम्भ” कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले युवाहरूलाई आफ्नो लक्ष्यमा केन्द्रित भई सकारात्मक दिशामा अघि बढ्न प्रेरित गर्नुभएका छन् । उहाँले भन्नुभयो, “साथी संगत र प्रविधिको गलत प्रयोगले धेरै युवाको भविष्य प्रभावित भएको देखिन्छ। यस्तो समयमा युवाहरूले सजगता र अनुशासनको बाटो रोज्न आवश्यकरहेको छ । प्रहरी उपरीक्षक मिश्रले वीरगञ्ज पब्लिक कलेजलाई अनुशासित र स्थापित शैक्षिक संस्था भन्दै प्रशंसा गर्दै यहाँका विद्यार्थीहरूको छवि पनि प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ । कार्यक्रममा कलेज प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । युवाहरूको नयाँ यात्रामा सचेतना दिने उद्देश्यले आयोजित यस कार्यक्रमले सहभागीहरूलाई थप प्रेरित बनाएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles