बिहीबार बिहान उपस्थित हुनेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई छाडेको छ ।मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको थियो ।
‘भोलि बिहीबार बिहान कार्यालय समयमा उपस्थित हुनेगरी उहाँलाई छाडिएको हो,’अख्तियार अनुसन्धान अधिकृतले भने । अख्तियार स्रोतका अनुसार उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका आधारमा बुधबार छापा मारिएको थियो । छापा मारिएसँगै उनलाई अनुसन्धानका लागि अख्तियारले नियन्त्रणमा लिएको हो ।