
चितवन जिल्लाको खैरहनी नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान वस र कार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उदयपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको इभी कार एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । ठक्करबाट कार चालक खैरहनी नगरपालिका–८ निवासी ४२ वर्षीय प्रतिप तिमिल्सिना गम्भीर घाइते हुनुभएको थियो।
घाइते तिमिल्सिनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो, तर दुर्घटनामा परि गम्भीर घाइते भएका चालकलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिइएको छ, र थप अनुसन्धान भइरहेको चितवन प्रहरीले बताउँछन् । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी
प्रवक्ता: प्रहरी नायव उपरीक्षक (डीएसपी)रविन्द्र खनालले जानकारी दिएका छन् ।