राजावादीहरूले जेठ १५ गते-गर्ने प्रदर्शन लक्षित सुरक्षा तयारी बनाएर लागु गरिएको प्रहरीले बताउँछन् ।
प्रहरी प्रधान कार्यालमा आयोजित पत्रकार सम्मलेनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा बरिस्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले सम्पूर्ण सुरक्षा तयारी गरिएका कुनै जनधनको क्षति नहुने बताएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले पनि सुरक्षा कडा पारिएकाले कुनै अप्रिय घटना नहुने दाबी गरेका छन् ।
यसअघि गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
त्यतिबेला एक पत्रकार र एक प्रदर्शनकारी गरी दुई जनाको ज्यान समेत गएको थियो । व्यक्तिका निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी समेत भएको धटना देशमा सबै नागरिकलाई थाह छ।
जेठ १५ गते हुने राजासंस्था पक्षधरहरूले राजधानीमा प्रदर्शन गर्ने तयारी गरेको आहवान पनि गरेका छन् ।