झापाका मेचीनगर नगरपालिका वडा नं. ५ र ७ अन्तर्गत पर्ने चिया बगान क्षेत्रबाट तामाको तार चोरी गरेको अभियोगमा भारत पश्चिम बंगाल राज्यका दुई जना भारतीय नागरिकलाई प्रहरी पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २७ वर्षीय तापस बर्मा र २२ वर्षीय अमित साह रहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले राति गस्तीका क्रममा शंकास्पद रूपमा हिडेका देखिएपछि उनीहरूलाई प्रहरीले, नियन्त्रणमा लिएको हो। पक्राउ परेपछि गरिएको प्रारम्भिक जाँचमा उनीहरूको साथबाट करिब १०० केजी तामाको तार बरामद गरिएको प्रहरीले बताएका छन् । हाल उनीहरूलाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको झापाका प्रहरीले बताएको छ ।