Wednesday, August 13, 2025

नेपाल पुलिस स्कुल,विपद् सजगता तथा तयारी कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

विपद् व्यवस्थापन कार्यालय, सामाखुशीको सहकार्यमा नेपाल पुलिस स्कुल, साँगाले भूकम्प, आगलागी जस्ता प्राकृतिक तथा मानवीय विपद्का समयमा सुरक्षित रहन आवश्यक सजगता र तयारीबारे जानकारी दिन विशेष कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई विपद् आउँदा अपनाउनु पर्ने प्राथमिक सुरक्षात्मक उपायहरू, उद्धार र राहत कार्यमा आवश्यक तयारी, आपतकालीन सम्पर्क व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
विद्यालय प्रशासनले यस्तो कार्यक्रमले सम्पूर्ण विद्यालय परिवारमा जोखिम न्युनिकरण र विपद् व्यवस्थापनप्रति व्यवहारिक ज्ञान र चेतना वृद्धि हुने विश्वास व्यक्त गरेको छ।
न्युज: Anmol Thakur
मधेश प्रदेश खवर

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles