नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा आज,शनिबार सञ्चारकर्मीहरु सँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि, नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने कोइरालाले बताएका छन् ।