सर्लाही जिल्लाको पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ, भने अर्का एकजना गम्भीर घाइते भएका छन् । पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।
एक जना घाइतेकोअवस्था गम्भीर रहेको र उनको उपचार जारी रहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर घटनास्थलमै फेला परेको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।