

गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करीलाई कडाइका साथ रोक्न मधेस प्रदेशका सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेशको विभागीय मन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले खुल्ला सिमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले प्रदेशको शान्ति सुरक्षाका जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले देशको बदलिँदो परिस्थिति अनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् । देशमा हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमलगायतका सामाजिक विकृतिका गम्भीर समस्या बढ्दै गरेको बताएका छन् । मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक रहेको बताएका छन् । गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानुन विपरीत आर्थिक लोभ र लाभमा नपरी इमानदारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न निर्देशन पनि दिएका छन् ।
सिमाक्षेत्रमा हुने तस्करी र आतंककारी गतिबिधि रोक्नको लागि रमेश लेखक गृहमन्त्री ज्युले प्रहरी प्रशासन प्रमुखहरुला निर्देशन दिएका छ्न । तर गृहमन्त्री ज्युको र्निदेशन लाई धोती लगाउदै मदेश प्रदेशमा गुमुवा आतंक नाकाहरु बाट हुने चोरीपैठारी आर्थिक चलखेलका कारण राज्वचुहावट भई रहेको स्थानीयको गुनासो रहेको छ । तस्करी कलेरोकने हो ?
पटक पटक करवाई मा परेका र हेडक्वाटर तानिएका खुखार गुमुवा हरु किन मदेश प्रदेशमा मात्रै आएका छन् । त ? घुमुवा भनेको नाम पुरानो भएकाले तराईका जिल्लाहरुमा नाम परिवर्तन गरेर कराइम राखिएको छ, मधेस प्रदेशभरिमा १५ जना छन्” घुमुवाहारु जब सम्म ई बदनाम घुमुवा नाम परिवर्तनकारी कराइम राखिएको छ, तराई बाट पहाड जादैन्न तबसम्म मधेसीको तस्करी बन्द हुदैनन्” स्थानीयले बताउँछन् । बदनाम घुमुवा सर्लाही बाट कारबाहीमा परेकालाई बारा जिल्लामा घुमुवा खटाइयो,बारामा कारबाहीमा परेकालाई उजुरी छानबिन काठमाडौंमा तानिएका छन् , र छानबिनका केही हाकिमहरुलाई लोभ देखाएर महिना होइन”केही दिन मात्रै काठमाडौंबाट बदनाम घुमुवालाई पुनः सर्लाही जिल्लामा घुमुवाको रुपमा खटाइयेको छ, स्थानीयको भनाई रहेको छ । वर्षो देखि आडा जमाएर बसेका र पटकपटक कार्वाहीमा परेकाहरुलाई नै तराईका जिल्लाहरुमा मात्रै खटाउ छन्”हेड औपीस काठमाडौंले कारण के होला ? बुझन बाकी?