
तनहुँकोमादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।पृथ्वीराजमार्गअन्तर्गत दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप व्यास नगरपालिका–३ र ४ जोड्ने पुलको रेलिङ भत्काएर मादी नदीमा खसेर दुर्घटना भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा व्यास–५ का प्रविन थापामगर, कुमार थापा र कुशल थापाको मृत्यु भएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको छ ।