तत्कालिन सभामुख कृष्णप्रसाद महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला परेकी छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया शाही मृत अवस्थामा फेला परेको भक्तपुर प्रहरीले जनाएको छ ।
बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।आइतबार दिँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । तर, त्यसबारे प्रहरीले कुनै जानकारी गराएको छैन । शाही तिनै महिला हुन्, जसले संसद सचिवालयमा कार्यरत रहँदा तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’ गरेको गम्भीर आरोप लगाएकी थिइन् ।२०७६ असोजमा रोशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो । घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए ।
तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो।शाहीको गम्भिर आरोपले महरामाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा नै चल्यो । तर, अदालती बयानक्रममा शाहीले आफ्नो प्रारम्भिक आरोप फेरेकी थिइन् । उनले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी थिइ ।पीडित महिलाले बयान फेरेकाले २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो । यद्यपी उक्त बेला सभामुख महरा शाहीको कोठामै पुगेको भिडियोहरु भने सार्वजनिक भएका थिए ।नव जनप्रहार, सभार।