Wednesday, August 13, 2025

सशस्त्र प्रहरी पर्साद्वारा दसलाख भन्दा बडीको तस्करीको समान बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी पर्साले १०,लाख,८४, हजार” १९०, रुपैयाँ बराबरको तस्करीको समान पक्राउ गरि पर्साको बिरगञज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले पर्साका वीरगञ्ज महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुबाट भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली लुकाई छिपाई चोरी पैठारी तथा निकासी गरी विभिन्न माध्यमबाट लैजाँदै र भित्र्याउँदै गरेको अबस्थामा रु. ८,३७,१२०, बराबरको विभिन्न सामानहरु तथा दुई थान मोटरसाईकलसहित, किराना, कपडा, मोवाईलको पार्ट्स, मोटर पार्ट्सहरु, फलफूल, मदिरा आदि) र उक्त सामानहरु अवैध रुपमा ओसारपसार गर्न प्रयोग गरिएका मोटरसाइकलहरु सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पर्साका वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले बताएको छ।
तथा पर्साकै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलिले अलौ तथा कोनिया ईलाकाबाट रु. १,१८,२००, बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको, र वि.ओ.पि.प्रसौनिभाठा र बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले पनि रु.१,२८,८७०,बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहले बताएका छन् ।
सशस्त्र प्रहरी बल,नेपाल,नं. १३ गण हे.क्वा.पर्साका सुचना अधिकारीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles