Sunday, June 29, 2025

जनकपुरधाम — दुःखद घटना

ताजा / भरखरै प्राप्त

जनकपुरधाम उपमहानगरपालिका–८ मा आज एक अत्यन्त दुःखद घटना भएको जानकारी गराउन चाहन्छौं। सार्वजनिक स्थलमा दुई गोरु (साढे) बीचको लडाइँ भइरहेका बेला सो दृश्य नजिकैबाट गुडिरहेको मोटरसाइकल दुर्घटनामा परेको छ।

उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका स्थानीय बासिन्दा सत्तार राइनको उपचारको क्रममा निधन भएको पुष्टि गरिएको छ। घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार, भीडको नजिकबाट जाँदै गरेका राइन सवार मोटरसाइकल गोरुहरूतर्फ मोडिएपछि ठक्कर खाई दुर्घटनामा परेका थिए।

घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि, डाक्टरहरूले उनलाई बचाउन असमर्थ भएका हुन्।

यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ भनी सम्बन्धित सुरक्षा निकायहरूले जानकारी गराएका छन्।
मधेश प्रदेश खवर

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles