
सिमाक्षेत्रमा हुने तस्करी तथा आपराधिक घटनामा कडाइ गर्न गृहमन्त्रीले सुरक्षा कर्मिहरुलाई निर्देशन दिए पनि सुरक्षा प्रमुखहरुको निर्देशन भए पनि सिमाक्षेत्रमा तस्करी रोकिएको छैन् । सिमाक्षेत्रमा रोकिएन तस्करी” सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकिरहेको छैन । आर्थिक बर्ष सकिन केही महिना मात्रै बांकी रहंदा सरकारको राजश्व संकलनको स्थिति ऋणात्मक अवस्थामा रहेको देखिन्छ । लक्ष्य अनुसारको राजश्व संकलन नहुनुको प्रमुख कारण सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी हो । चोरी तस्करी नियन्त्रण गर्नको लागि सरकारले बारम्बार समिति गठन पनि गर्छन् , सुझाव पनि लिन्छ, आदेश पनि दिरहन छन् । तर कार्यान्वयन नहुदा उपलब्धि भने केही छैन । सीमावर्ती क्षेत्रहरुबाट हुने संगठित चोरी तस्करी जबसम्म रोकिदैन तबसम्म लक्ष्य अनुसारको राजश्व संकलन हुनै सक्दैन ।
अर्थमन्त्री देखि गृहमन्त्रीले बारम्बार सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई बारम्बार निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन मधेस भरिमा हुन सकेको छैन । त्यसतै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरूले पनि बारम्बार सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न भारतसंग सीमा जोडिएका जिल्लामा खटिएका आफ्ना प्रहरी प्रमुखहरूलाई निर्देशन दिएपनि नियन्त्रण हुन सकेको छैन । जबसम्म सीमावर्ती जिल्लामा खटिने दुबै प्रहरीका जिल्ला देखि प्रदेश सम्मका, घुनुवा तथा नयाँ नामबाट परिवर्तन गरि नाम राखिएका कराईम जब सम्म सुधि्रन तबसम्म तस्करी रोकिन्। बारम्बार बदनाम भएका र पटकपटक कारबाहीमा परेका र तस्कर पैसा खाएर पल्केका तस्करीको पैसा खाएकोमा उजुरी छानबिन काठमाडौंमा तानिएकाहरु लाई पुनः तराईमा पठाउन गरिएको छ । जब सम्म घुमुवा भनेहरुलाई कडाइ हुदैन, तबसम्म तराईमा तस्करी नै रोकी दैन, घुमुवाहरुले पावर लगाई भन सुन गरि सोर्सफोर्सबाट र कतिपय अवस्थामा टेण्डर हालेर जाने अवस्था रहेको देखिन्छ, यस्तै परिवेशमा नेपाल प्रहरीको चौकी रहेको छ,उक्त चौकीको प्रमुखमा सई.असई. प्रमुखको रूपमा कार्यरत रहेका छन् । त्यसैगरी सशस्त्र प्रहरी बलको स्थानीय बिओपीको प्रमुखमा प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी बल बेश छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको स्थानीय चौकी , बेश र बिओपी रहेका छन् । तर तस्करी भएको सामान कसैले पक्राउ गर्दैनन् । खुलेयाम तस्करी भैरहेको देखेर पनि छाडिदिन्छन् । स्थानीयहरू भन्छन् , यति ठूलो तस्करी दुबै प्रहरी नमिलिकन सम्भावना नै छैन । सबै प्रहरी थाना चौकीमा बेश र बिओपीमा मासिक रकम दिएर कारोबारीहरूले तस्करी चलाउने गरेका छन् । मधेस प्रदेश भरिका ८ वटा जिल्लामा तस्करहरुले तस्करी गर्दै आइरहेका छन् । राज्यले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरी बललाई प्रमुख जिम्मेवारी मात्रै दिएको छैन, कि सीमावर्ती क्षेत्रमा प्रमुखताका साथ परिचालन गरेको छ । तरपनि सशस्त्र प्रहरीले हुने तस्करी नियन्त्रण गर्न सकेको छैन । हाल सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआइजी कालिदास धौबजी मधेस प्रदेशको प्रमुख रहेको बेला अर्थात करिब दुई महिना अघि व्यापक मात्रामा तस्करी गराएको भनेर धेरै जना बि.ओ.पी.का प्रमुख निरीक्षकहरुलाई बाहिनीमा तानेर छानबिन समेत गरेका थिए । तर टेन्डर हालेर बिओपी, र चाैकी, थानामा,जाने परम्परा पुरानै रहेको देखिन्छ । कुनै नेताहरू वा कुनै ठुलो पावर भएको मान्छे संग सोर्सफोर्स लगाएर केही लोभलाग्दो समान दिएर प्रहरी चैकी, प्रहरीको थाना, र सशस्त्रका बेस, र बिओपी. सशस्त्रका प्रहरी निरीक्षकहरु जाने गर्न छन्” त्यो त तस्करी रोक्ने होइन, तस्करी गराएर कमाउन गएको हो, सोर्स फोर्समा पठाएका मान्छेलाई पहिलो सेवा गर्नेछन्” त्यस् पछि, आफनो लागि कमाउने गर्छन् ” तस्करी नियन्त्रणमा चासो कहाँबाट देखाउ छन् , उल्टो उननिहरुकै कमान्डमा सिमा क्षेत्रहरुबाट व्यापक रुपमा तस्करी भैरहेको स्थानीयले बताउँछन् ।