Sunday, June 29, 2025

प्रहरी महानिरीक्षक प्रमुखद्वारा प्रहरी अतिरिक्त महानिरीक्षकको बिदाइ:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यज्यूलाई आज,आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गर्नु भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यज्यू लाई मायाको चिनो प्रदान गर्नुभएको छ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (ऐआईजी) लालमणि आचार्यज्यूको अवकाशमा जान लाग्नु भएको हो ।
प्रहरी नियमावली अनुसार २०७१ मा उल्लेख भएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को ५६ वर्षे उमेरहदका कारण उनको अनिवार्य अवकाशमा जान लाग्नु भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles