जिल्ला पर्साका प्रहरीले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको अवैध औषधीसहित एक जना व्यक्तिलाई पक्राउ गरेको पर्साका प्रहरीले बताएको छ ।
पर्साका विन्दवासिनी गाउँपालिका– ४ , मधवलस्थित सडक खण्डमा भारतबाट ल्याइँदै गरेको ना.५ च २४८३ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा प्रहरीले लिइएको हो । गाडीमा जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका–५ का २४ वर्षीय सुनिल कुमार रामले विभिन्न प्रकारका औषधीहरू लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेका छन् । गाडीमा रहेको औषधी सम्बन्धी आवश्यक विलबिल (चलानीपत्र) नभएको पाइएपछि औषधीसहितको गाडी र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
बरामद भएको औषधीको मूल्य रु १२ लाख ७८ हजार ५२० रहेको, जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।