Sunday, June 29, 2025

सडक दुर्घटनामा मृत्यु किशोर रामको परिवारलाई किरिया खर्च सहयोग:-

ताजा / भरखरै प्राप्त

कलैया, १३ जेठ – बाराको सुवर्ण गाउँपालिका वडा नं १ रामटोल सोलखपुरमा सडक दुर्घटनामा निधन भएका १३ वर्षीय किशोर छोटेलाल कुमार रामको परिवारलाई गाउँपालिकाले किरिया खर्च सहयोग स्वरूप कुल ९९ हजार रुपैयाँ प्रदान गरेको छ। सोमबार गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादवले मृतकका बुवा राजेन्द्र रामलाई २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन्।

गाउँपालिकाको बोर्ड बैठकले पीडित परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको अध्यक्ष यादवले जानकारी दिएका छन्। छोटेलाल राम हाल नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कवही गोठका विद्यार्थी थिए।

रामले जेठ ८ गते बिहीबार बिहान विद्यालयबाट घर फर्किंदै गर्दा बरियारपुरबाट आएको नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनी नेशनल मेडिकल कलेजमा बिहीबार राति निधन भएका हुन्।

ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास जिल्ला प्रहरी कार्यालय बाराले गरिरहेको जनाएको छ।

सुवर्ण गाउँपालिका परिवारलाई आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको छ।
न्युज: महमद इसलाम आलम
मधेश प्रदेश खवर

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles