मधेस प्रदेशबाट खटिएको सशस्त्र प्रहरीद्वारा १५ लाख बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद भएको सशस्त्र प्रहरी वाहिनीले जनाएको छ ।
सर्लाही जिल्लाको बलरा नगरपालिका -२ छतौना इलाकाबाट सशस्त्र प्रहरी बलले बिआर ०६ बिक्यु ५४२७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको १५ लाख ५० हजार बराबरको भेप र एक लाख बराबरको मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बललाई देखेर मोटरसाइकल चालक फरार भएको सशस्त्र प्रहरी बल नं. २ छिन्नमास्ता वाहिनी मुख्यालयले जनाएको छ ।