

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यले निरीक्षण भ्रमणको सिलसिलामा यस जिल्ला प्रहरी कार्यालय पर्वतमा पाल्नु भई निरीक्षण तथा उच्च मनोबलका साथ कार्य सम्पादन गर्न निर्देशन प्रदान गर्नु भएको छ ।
उक्त कार्यक्रममा कार्यालय अन्तर्गत कार्यालय परिसर, व्यारेक, मेस तथा सम्पुर्ण शाखाहरूको निरीक्षण गर्नुभई उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आचरण र व्यवहार राम्रो बनाइ चरित्रवान् प्रहरी बन्न, सोच ठूलो एवं सकारात्मक राख्न, व्यावसायीक, अनुशासित एवं कर्तव्यनिष्ठ भई जिम्मेवारी पुर्वक हरेक पक्षमा दुरुस्तता कायम गर्दै सामुहिक भावनाका साथ सहकार्य र समन्वय गर्दै नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गर्न आवश्यक निर्देशनका साथै उच्च मनोबलका साथ कार्य सम्पादन गर्न हौसला प्रदान गर्नु भएका छन् ।