

जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोबिन्द पुरीद्वारा इलाका प्रहरी कार्यालय मुग्लिनको कार्यालयमा पुगेर निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न गर्नु भएका छन् ।
निरीक्षणको क्रममा उपरीक्षकले भवन, ब्यारेक, मेस र सम्पुर्ण फाटहरुको निरीक्षण तथा अनुगमन गर्नु भई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई अपराध रोकथाम तथा नियन्त्रण, शान्ति सुरक्षा कायम राख्दै आम नागरिकलाई छिटो, छरितो,निष्पक्षरुपमा प्रहरी सेवा प्रवाहको लागि तदारुक्ताका साथ प्रहरी कार्य गर्न गराउन आवश्यक निर्देशन समेत दिई कार्यक्रम सम्पन्न भएको छ।